गौरीशंकर युवा क्लबद्वारा १७ औं होली कप फुटबल प्रतियोगिता सुरु

279
SwadeshPost

गौरीशंकर युवा क्लबको आयोजनामा माडीको गौरीनगरमा १७ औं होली कप फुटबल प्रतियोगिता सुरुवात भएको छ । क्लबका अध्यक्ष मोहन बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले एन्फा रेफ्री नबिल बस्याललाई बल हस्तान्तरण प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । हरेक बर्ष होली पर्वको अवसर पारी गौरीशंकर युवा क्लबले होली कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

उद्घाटन पश्चात भएको पहिलो खेलमा माडी नगरपालिका वडा नं. ४ ए ले माडी नगरपालिका ८ को फुटबल टोलीलाई ३-१ गोलअन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच माडी ४ ए का लागि ह्याट्रिक गर्न सफल पदम नेपाली घोषित हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोलि बिहान ११ः०० बजे बर्डस् नेपाल बघौंडा र जनकल्याण तमु समाज ए बिच खेल हुनेछ भने दिउँसो १ बजे आयोजक गौरीशंकर युवा क्लब बी र युवा दर्शन क्लब बाँदरझुला भिँड्नेछन् । त्यसैगरी तेश्रो खेलमा माडी नगरपालिका ९ र माडी ४ को बी टोलीले प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ ।

माडीभरीका १५ वटा टोलीको सहभागिता रहेको सो प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार ५५ र दोश्रो पुरस्कार २५ हजा २५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । आज सुरुवात भएको खेल आउँदो चैत ६ गतेसम्म जारी रहनेछ ।

SwadeshPost