आदिवासी जनजाति माडीको भवन निर्माणस्थलमा गेट पर्खाल निर्माण सुरू

336
SwadeshPost

नेपाल आदिवासी जनजाति महासंघ माडी नगर समन्वय समितिको भवन निर्माणस्थल, बघौंडामा पर्खाल निर्माणको शिलान्यास गरिएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले आज शनिवार बिहान कम्पाउण्ट पर्खाल निर्माणको शिलान्यास गर्नुभएको हो । शिलान्यास गरेसंगै संक्षिप्त मन्तव्य राख्दै नगरप्रमुख ढकालले नेपालको राष्ट्रिय गानमा उल्लेख गरिएझैं नेपाल विभिन्न जातजाती र भाषाभाषीहरुको साझा फुलबारीसरी रहेको टिप्पणी गर्दै निर्माणाधीन कम्पाउण्ड छेउमा रहेको मगोई नदीमा तत्कालै भरपर्दो तटबन्धन गरिने जनाउनुभयो । शिलान्याश अगाडि बघौंडा गाउँबासीहरुले सो क्षेत्र सरसफाई र झाडी फँडानी गरेका थिए ।

माडीको बघौंडा गाउँमा, मगोई खोलासंगै करीब ९ कठ्ठा क्षेत्रफल जमीनमा समितिको भवन निर्माण हुन लागेकोमा आजबाटै त्यसको कम्पाउण्ड र गेट निर्माण सुरुवात भएको छ । सो निर्माणका लागि माडी नगरपालिकाले लक्षित वर्गको कार्यक्रम अन्तरगत आदिवासी जनजाति समन्वय समिति शीर्षकमा १५ लाख रुपैंया निकाशा गरेको समितिका अध्यक्ष रामेश्वर महतोले जानकारी दिनुभयो । आदिवासी जनजाती समन्वय समितिको निर्माणाधीन भवन नजिकै थारु संग्रहालय, माछा संकलन केन्द्र र थारु कल्याणकारी सभा, क्षेत्र नं. १, माडीको भवन रहेका छन् ।

SwadeshPost