अमेरिकी सरकारद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

153
SwadeshPost

अमेरिकी सरकारले माडी क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ । नो इन्भेष्टिगेशन सर्कुलर जारी भएसंगै अमेरिकी सरकारका कुनै पनि निकायले कुनैपनि खालको कारवाही प्रक्रिया सञ्चालन गर्न मिल्दैन ।

श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका पुगेको बेला प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत गैरआवासीय नेपाली डा. तिलकबहादुर श्रेष्ठले उजुरी गर्नुभएसंगै अमेरिकी सरकारले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । डा. श्रेष्ठद्वारा अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरीमार्फत दाहाललाई पक्राउ गर्न माग भएको थियो । तर, अमेरिकी सरकारले प्रचण्डलाई विशिष्ट सम्मानका साथ स्वागत गर्ने यसअघि नै सार्वजनिक गरिसकेको थियो । (फाइल फोटो)

SwadeshPost