होलीको अवसरमा बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

321

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा भोलि चैत्र ७ गते मध्यान्ह १२ बजेबाट दिउँसो ३ बजेसम्म होली विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रममा माडी डान्स एकेडेमीका कलाकारहरुको उत्कृष्ट नृत्यसंगै, गायक राजन सेञ्चुरी र हाँस्य कलाकार रमेश असफलको प्रस्तुती तथा स्वदेश एफ.एम.का सञ्चारकर्मीहरुको उद्घोषण रहनेछ । स्टेज तथा साउण्ड सिस्टम पार्टनरको रुपमा प्रकास साउण्ड सर्भिस रहेको सो कार्यक्रमको स्वदेश एफ.एम. र स्वदेश अनलाइन टि.भी.बाट प्रत्यक्ष प्रसारण समेत गरिनेछ । कार्यक्रममा सहभागिताका लागि आयोजक पक्षले सबैमा अनुरोध गरेको छ ।

SwadeshPost