होलीको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)

244
SwadeshPost

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा आज मध्यान्ह १२ बजेबाट दिउँसो ३ः३० बजेसम्म होली विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा माडी डान्स एकेडेमीका कलाकारहरुको उत्कृष्ट नृत्यसंगै, गायक राजन सेञ्चुरी र एरिक दराई तथा हाँस्य कलाकार रमेश असफलको प्रस्तुती रहेको थियो । स्वदेश एफ.एम.का प्रवन्ध निर्देशक अपेक्षा चौधरीले सञ्चालन गर्नुभएको सो कार्यक्रमको स्टेज तथा साउण्ड सिस्टम पार्टनरको रुपमा प्रकास साउण्ड सर्भिस रहेको थियो ।

कार्यक्रममा सहभागी हुन माडीका विभिन्न गाउँठाउँबाट उल्खेख्य संख्यामा दर्शकहरु बसन्तपुरको खुल्ला मञ्च क्षेत्रमा जम्मा भएका थिए । कार्यक्रमका सहभागीहरुले अबीर र रंग सहित नाँच्दै गाउँदै रमाइलो गरेका थिए ।

SwadeshPost