माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

364
SwadeshPost

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

माडी माछा उत्पादक तथा वितरक सहकारी संस्था लिमिटेडको आयोजनामा आज माडी क्याम्पसमा आयोजना गरेको माडीमा व्यवसायिक माछापालनको सम्भावना र चुनौती तथा भावी रणनीति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लामाले सो आश्वासन दिनुभएको हो । माडीका माछापालक कृषकहरुलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार संधै तयार रहने उहाँको भनाई थियो । त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माछा ढुवानीको लागि गाडी उपलब्ध गराउने र मत्स्यपालक कृषकहरुलाई पनि ४ प्रतिशत व्याजदरको सहुलियत ऋण लगानी गर्ने घोषणा गर्नुभयो ।

सहकारीका अध्यक्ष कमल बहादुर भुजेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभाका साँसद तथा सामाजिक विकास सभापति घनश्याम दाहाल अविनाश, प्रदेश साँसद रामलाल महतो, प्रदेश योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटा, मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जे.एन. थपलिया, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मला बराल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा माडीका मत्स्य कृषकहरुसंगै उल्लेख्य उपस्थिति रहेको थियो ।

SwadeshPost