नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता

324
SwadeshPost

नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आउँदो बैशाख १ गतेदेखि राष्ट्रिय स्तरको गोल्डकप सुरु हुने क्लबका अध्यक्ष नबिन बस्यालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

प्रतियोगितामा मध्यनेपालका चितवन, नवलपुर, परासी, पर्सा, मनवानपुर र तनहुँ जिल्लाका कुल १६ वटा फुटबल टोलीहरुको सहभागिता रहने जनाइएको छ । प्रथम पुरस्कार २ लाख रुपैंया र दोश्रो पुरस्कार १ लाख रुपैंया रहेको सो प्रतियोगितामा बिधागत उत्कृष्ट हुने खेलाडीहरु र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबले एक सुचना प्रकाशित गरी सार्वजनिक गरेको हो । प्रतियोगिता सम्पन्न गर्न करीब १४ लाख लागत लाग्ने प्रारम्भीक अनुमान गरिएको र हाल त्यसको व्यवस्थापकीय कामहरु जारी रहेको क्लबले जनाएको छ ।

SwadeshPost