व्यवस्थित सरसफाईका लागि माडी न.पा.ले कार्यविधी निर्माण गरी लागु गर्ने

215
SwadeshPost

माडी नगरपालिकाको व्यवस्थित सरसफाईका लागि माडी नगरपालिकाले कार्यविधी निर्माण गरी लागु गर्ने भएको छ । नगर सरसफाई कार्ययोजना निर्माण लागि माडीको बसन्तपुरमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले नगर सफाई कार्यविधी तयार गरिन लागिएको जानकारी दिनुभएको हो ।

माडी नगरपालिकाको आर्थिक सहयोगमा सिप नेपालले माडीका जनप्रतिनिधी, संघसंस्था र सरोकारवाला निकायहरुबिच अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा माडीका नगर प्रमुख ढकालसंगै, नगर उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु कृष्णराज अधिकारी, रामबन्धु पोखरेल, ईश्वरी प्रसाद ढकाल, पुरन महतो, चन्द्रदीप महतो, भरत बहादुर गुरुङ र बालकृष्ण सापकोटासंगै कार्यपालिका सदस्य, सुरक्षा निकाय तथा नगर क्षेत्रमा स्थापित एवं क्रियाशील संघसंस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले माडीमा फोहोर पुनप्र्रयोगको विधी लागु गरिनुपर्ने, सरसफाई अभियानको निरन्तरता हुनुपर्ने र सरसफाई कार्यमा घर परिवारदेखि समुदायको सम्प्रर्ण अंगहरुको सक्रिय सहभागिता रहनुपर्नेमा जोड दिएका थिए ।

SwadeshPost