बघौंडा मध्यवर्ती उपभोक्ता समितिद्वारा पशुपालन व्यवस्थापन तालिम

237
SwadeshPost

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित पशुपालन व्यवस्थापन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहल, बसन्तपुरमा सम्पन्न सो तालिममा माडी नगरपालिका वडा नं.३, ४ र ५ का करीब ४० जना व्यवसायिक पशुपालक कृषकहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई रामपुर कृषि क्याम्पसका प्रोफेसर दिपेश के.सी. र राष्ट्रिय दुग्ध विकास संस्थानका सञ्चालक एवं अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था, भरतपुरका अध्यक्ष भागिरथ तिमिल्सिनाले व्यवसायिक पशुपालन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी व्यवसायिक पशुपालक कृषकहरुले तालिममा पशुपालन व्यवस्थापनका नयाँ शीप र विधीहरु सिक्न पाइएको भन्दै खुसी व्यक्त गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा मध्यवर्ती उपभोक्ता समितिहरुले आयआर्जन विकासका तालिमहरु सञ्चालन गर्दै आएका छन् ।

SwadeshPost