चितवन राष्ट्रिय निकुञ्जभित्र फालिएका प्लास्टिकजन्य फोहोर सरसफाई

565
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टादेखि ध्रुव पोष्टसम्म फालिएका प्लास्टिकजन्य फोहोरहरु संकलन गरी सरसफाई गरिएको छ । समुदायमा आधारित चोरी शिकार प्रतिरोध युवा जागरण ईकाइ बघौंडा र पाँचपाण्डवको आयोजना तथा निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणको संलग्नतामा प्लास्टिकजन्य फोहोरहरु संकलन एवं निकुञ्ज क्षेत्र सरसफाई भएको हो ।

कसरादेखि बनकट्टासम्मको सुविधाप्राप्त बाटोमा यात्रा गर्ने यात्रुहरुले पानीका बोत्तल एवं चाउचाउ, बिस्कुट लगायतका प्लास्टिकजन्य पदार्थ फाल्ने गर्दा सो सडक क्षेत्र फोहोर भएको थियो । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि केहि साताअघि चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको थियो ।

SwadeshPost