गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने

501
SwadeshPost

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ ।

मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति गठन भएको छ । वडाध्यक्षहरु कृष्ण पौडेल र ईश्वरी ढकालको अध्यक्षतामा गठित गोद्धक मेला मूल आयोजक समितिको सचिवमा विश्वनाथ महतो र कोषाध्यक्षमा गीता परियार रहनुभएको छ भने सदस्यहरुमा दुबै वडाका सदस्यहरु हिमादेवी पौडेल, अमित लामा, गीता परियार, शिव बहादुर कार्की, रीता सुनार, इन्दिरा परियार, विश्वनाथ महतो र दण्डपाणी पौडेल रहनुभएको छ । माडी नगर पर्यटन विकास समितिका संयोजक पुरन महतोको विशेष उपस्थितिमा पुजा व्यवस्थापन समिति गठन भएको हो।

मेला व्यवस्थापनका लागि अमित लामाको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, शिव बहादुर कार्कीको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति र ईश्वरी ढकालको संयोजकत्वमा आर्थिक आर्थिक उपसमिति गठन भएको छ । गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा हरेक बर्ष रामनवमीको अवसरमा मेला लाग्ने गरेको छ ।

SwadeshPost