दुरा सेवा समाज चितवनको अध्यक्षमा श्याम दुरा चयन

364
SwadeshPost

दुरा सेवा समाज चितवनको अध्यक्षमा माडी बगहीँ निवासी श्याम दुरा चयन हुनुभएको छ । माडीको बगहीँमा सम्पन्न दुरा सेवा समाजको जिल्ला अधिवेशनबाट श्याम दुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कोपिला दुरा, लाल बहादुर दुरा, चित्रकाजी दुरा र एलिना दुरा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अजमाया दुरा, दल बहादुर दुरा, कुशलराज दुरा, मनप्रसाद द्रा, रियानुमाया दुरा र टेक बहादुर दुरा रहनुभएको छ । समितिका पदाधिकारी र सदस्यहरु अधिकांश माडी बगहीँकै रहनुभएको नवगठित समितिका अध्यक्ष दुराले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost