जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु

216
SwadeshPost

जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु चयन हुनुभएको छ । सो संस्थाको चौथौ अधिवेशन कार्यक्रमबाट ढीला गरि तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा जम्दार गम बहादुर तमु र द्वितीय उपाध्यक्षमा भुवन सिंह तमु रहनुभएको छ । त्यसैगरी सचिव, कोषाध्यक्ष र सहसचिवको जिम्मेवारीमा क्रमशः कला तमुस्यो, प्रभुराज तमु र कमला तमुस्यो रहनुभएको छ । सदस्यहरुमा भने वीर बहादुर तमु, डमर कुमारी तमुस्यो, गुन्ज बहादुर तमु, सुर्य बहादुर तमु र बेली तमुस्यो रहनुभएको छ ।

त्यसैगरी समाजका भूतपूर्व अध्यक्ष तिल बहादुर तमुको संयोजकत्वमा तेज बहादुर तमु र पज्यू गम बहादुर तमु सदस्य रहनुभएको सल्लाहकार समिति समेत चयन भएको जनकल्याण तमु समाज कल्याणपुरका अध्यक्ष मेघबहादुर तमुले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । बन्दसत्रको तेश्रो बसाई अन्तरगत वीरबहादुर गुरु· संयोजक रहनुभएको निर्वाचन समितिबाट निर्विरोध रुपमा नयाँ कार्यसमितिको चयन भएको हो ।

SwadeshPost