देश-प्रदेश खबर पोष्ट

एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध

माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका क्षेत्रमा आज बिजुली सुचारु हुन नसकेको र भरतपुरबाट पोल ल्याई खडा गरेपश्चात मात्र घाँघर पूर्वका क्षेत्रमा बिजुली छाडिने नेपा विद्युत प्राधिकरण माडी सेवा केन्द्रका प्रमुख आनन्द कुँवरले जानकारी दिनुभयो ।

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडीको घाँघर खोलामा पक्की पुल निर्माण गरिरहेको सपना एण्ड लोहनी जे.भी.का एक्साभेटर चालको व्यक्तिगत लापरवाहीका कारण बिजुलीको तार र ३ वटा पोलमा क्षती पुगेको स्थानीयबासीहरुले आरोप लगाएका छन् । घाँघर खोलामा करीब ९ करोडको लागतबाट १२५ मिटर लामो सो दुईतर्फी मोटरेबल पुल निर्माण भइरहेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार