सामरी उत्थान सेवाद्वारा सञ्चालित सिलाई कटाई तालिम समापन

377
SwadeshPost

सामरी उत्थान सेवाले माडीको खरकट्टामा सञ्चालन गरिरहेको ६ महिने एड्भान्स सिलाई कटाई तालिम समापन भएको छ ।

संस्थाको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजना अन्तरगत मध्यपूर्वी माडीको खरकट्टामा १० जना बिपन्न महिलाहरुलाई ६ महिने एड्भान्स सिलाई कटाई तालिम प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरुलाई जीविकोपार्जनमा सघाउन स्वरोजगार हुनेगरी एड्भान्स तहको तालिम दिइएको सो संस्थाकी कार्यकारी निर्देशक बिमला गायकले जानकारी दिनुभयो । तालिममा अति सिमान्तकृत चेपाङ समुदायकी बसन्ती प्रजा प्रशिक्षकका रुपमा रहनुभएको थियो । संस्थाकी कार्यकारी निर्देशक गायकको अध्यक्षतामा सम्पन्न तालिम समापन एवं प्रमाणपत्र वितरण कार्यक्रममा माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

SwadeshPost