माडी माध्यमिक विद्यालयमा दश जोड दुई तहमा बिज्ञान बिषयको अध्यापन हुने

328
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा दश जोड दुई तहमा बिज्ञान बिषयको अध्यापन हुने भएको छ ।

माडी नगर शिक्षा समितिले माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिज्ञान बिषयमा दश जोड दुई तह सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले निर्णय गरेको भएपनि माडी माध्यमिक विद्यालयले सम्बन्धनको पत्र पाउन भने बाँकी नै रहेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

अब आउँदो शैक्षिक सत्र २०७६ मै दश जोड दुई तहमा बिज्ञान बिषय सञ्चालन हुने भएसंगै माडी माध्यमिक विद्यालयमा प्रवेश परीक्षा तयारी तथा ब्रिजकोर्सका कक्षाहरु सञ्चालन हुन लागेको छ । यही चैत २४ बाट फारम वितरण गरिने तथा आउँदो बैशाख ३ गतेदेखि ब्रिजकोर्सका कक्षाहरु सञ्चालन गर्ने सो विद्यालयको तयारी छ । सो ब्रिजकोर्स सञ्चालनमा दिवाकर स्मृति विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहने जनाइएको छ ।

माडीमा बिज्ञान बिषयको पठनपाठन नहुँदा सयौं बिद्यार्थीहरु भरतपुर लगायतका ठाउँमा पढन जाने गरेका थिए भने न्यून आय हुने विद्यार्थीहरु अरु नै बिषयमा उच्च शिक्षा पढ्नुपर्ने बाध्यतामा रहने गरेका थिए । अब, सामुदायिक विद्यालयमै निःशुल्क रुपमा माडीमै बिज्ञान बिषयको पढाई हुने भएसंगै विद्यार्थीहरु उत्साही र खुसी भएका छन् ।

SwadeshPost