सोमेश्वरगढी मेलामा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

363
SwadeshPost

मदिरा सेवन र बेचबिखनमा रोक लगाइएको सोमेश्वरगढी मेलामा लुकाईछिपाई लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय छरछरेले नियन्त्रणमा लिएको छ ।

बि.ओ.पी. छरछरेले २ कार्टुन बियरसहित करीब २० हजार रुपैंया बराबरको मदिरा बरामद गरेको सो कार्यालयका प्रमुख प्रकाश पाण्डेले जनाउनुभयो । सो मदिरालाई माडीमै नष्ट गर्ने योजना रहेको भएपनि पछि भरतपुर पठाउने निर्णय गरिएको थियो । मेला अवधीभर सोमेश्वरगढी क्षेत्रमा मदिराजन्य पदार्थ ओसारपोसार, बिक्रीवितरण र सेवन नगर्न बि.ओ.पी. छरछरे र मेला मुल आयोजक समितिले सबैमा अनुरोध गरेको छ । नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीमा मदिराजन्य पदार्थ नियन्त्रण गर्न भारतीय शसस्त्र सीमा बल (एस. एस. बी.)को समेत अनुरोध रहेको थियो ।

सोमेश्वरगढी क्षेत्रमा लागिरहेको रामनवमी चैतेदशैं मेला आउँदो चैत्र ३० गतेसम्म जारी रहने छ । मेलास्थल नजिकैसम्म सडक मार्ग पुगेकाले यसपटक सोमेश्वरगढीको दर्शनका लागि उल्लेख्य संख्यामा भक्तजनहरु पुगिरहेका छन् ।

SwadeshPost