शिक्षा खबर पोष्ट

आधारभूत बिद्यालय सिम्रहनीको १९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

सुस्त मनस्थिति भएका फरक तवरबाट सक्षम विद्यार्थीहरुले अध्ययन गर्ने माडीकै एकमात्र विद्यालयका रुपमा रहेको माडी न.पा.–२, सिम्रहनीस्थित आधारभूत बिद्यालयको १९ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय परिसरमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा माडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत प्रसाद महतोको सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रीता कुमारी महतोले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सुस्थ मनस्थिति इकाईको प्रतिवेदन शिक्षक रामकु्मार महतोले पेश गर्नुभएको थियो । शैक्षिक बर्ष २०७५ को बार्षिक नतीजा प्रकाशन भएको सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा विद्यालय सल्लाहकार दिनकर पौडेल र भीम प्रसाद महतो समेत सहभागी रहनुभएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार