दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास

371
SwadeshPost

दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास गरिएको छ । बिज्ञान, प्रविधी तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम (डि.आर.) पौडेल र माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।

माडी नगरपालिका वडा नं. ६, हरिनगरस्थित शिक्षालय परिसरमै भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने पूर्वयोजना रहेको भएपनि समयाभावका कारण बहालवाला र पूर्व शिक्षामन्त्री एवं नगरप्रमुखले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा नेकपाका अन्य नेताकार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । शिक्षालयमा हाल पशुबिज्ञान र सिभिल इञ्जिनियरिङ्ग बिषयको पठनपाठन हुँदै आएको छ ।

SwadeshPost