काँग्रेस र राप्रपाबाट माडीका दुई दर्जन युवाहरु नेकपा प्रवेश (भिडियो सहित)

117
SwadeshPost

नेपाली काँग्रेस र राप्रपा छाडी माडीका करीब दुई दर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा माडीद्वारा आयोजित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग अगुवा कार्यकर्ताहरुको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष दाहालले टिका र टोपी लगाई उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

नेपाली काँग्रेसबाट नेकपा प्रवेश गर्नेहरुमा माडी नगरपालिका १ बरुवाका उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहनुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माडी नगरपालिका वडा नं. ७ का सुरज कार्की, हेम राई, इन्द्र प्रसाई, दुर्गा प्रसाई, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भीम बहादुर राई, पुजन कुमाल, जीवन नेपाली, रबिन्द्र कार्की, प्रताप प्रसाईं, रोशन भट्टराई र गोपाल नेपाल नेकपा प्रवेश गर्नुभएको हो ।

नेकपा सम्बद्ध युवा संगठनका अगुवाहरुको पहलमा उहाँहरु पार्टी प्रवेश गरेको र पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने नेकपा माडीका नेताहरुले जनाएका छन् ।

SwadeshPost