माडीमा ४० बर्षीय पुरुषद्वारा १५ बर्षीया बालिका बलात्कृत

204
SwadeshPost

माडी नगरपालिका वडा नं. ५, छरछरेमा ४० बर्षीय पुरुषले १५ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । आज दिउँसो २ः३० बजे छरछरे क्षेत्रस्थित मगोई खोलामा न्युरो टिपीरहेकी भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर घर भई हाल माडी–५ मा बसोबास गरिरहेकी बालिका (नाम अप्रकाशित) लाई माडी नगरपालिका-५, छरछरे निवासी शमरेश बि.क.ले जबरजस्ती करणी गरी फरार भएका हुन् ।

न्युरो टिपिरहेको समयमा एक्कासी पछाडीबाट आई जबरजस्ती नजिकैको काँसघारीमा लगेर बलात्कार भएको देखिएको ईलाका प्रहरी कार्यालयले स्वदेश एफ.एम.लाई जानकारी दिएको छ । पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको र त्यहाँ उनको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान गरिने जनाइएको छ ।

SwadeshPost