बनकट्टामा बोटे भाषा, वर्ण र लेखन शैली सम्बन्धी दुईदिने तालिम सुरु

606
SwadeshPost

माडी नगरपालिका १ बनकट्टास्थिति बोटे टोलमा बोटे भाषा, वर्ण र लेखन शैली सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।

नेपाल बोटे समाज, चितवनको आयोजनामा सञ्चालित सो तालिममा माडी क्षेत्रका ४० जना बोटे समुदायका अगुवा एवं विद्यार्थीहरुको सहभागिता रहेको छ । हिमाली आदिवासी समाज नेपालको सहयोगमा सञ्चालित सो तालिममा गुल्सन बोटे र सन्तोष बोटेले प्रशिक्षण दिइरहनुभएको हो । नेपाल बोटे समाजका चितवन जिल्ला अध्यक्ष मित्रलाल बोटेको अध्यक्षतामा सञ्चालित सो तालिम उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल बोटे समाजका केन्द्रीय सदस्य जगनारायण बोट तथा विशिष्ट अतिथिका रुपमा नेपाल बोटे समाजका भूतपूर्व केन्द्रीय सदस्य भरत प्रसाद बोटे रहनुभएको थियो ।

बोटे समुदायको बाहुल्यता रहेको चितवन, नवलपरासी र तनहुँ जिल्लाका दश स्थानमा भाषिक तालिम सञ्चालन भइरहेको हो । आदिवासी जनजाति समुदायले बोल्दै आएका विभिन्न भाषाहरु भषाहरु मध्ये लोपोन्मुख अवस्थामा पुगेको बोटे भाषाको संरक्षण र विकासका लागि तालिम सुरुवात भएको आयोजकले जनाएको छ ।

SwadeshPost