लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न

329
SwadeshPost

पूर्वी माडीको कृष्णनगरमा लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न भएको छ ।

वातावरणीय शुसासन कार्य समूहले सञ्चालन गरिरहेको सो परियोजनाले पूर्वी माडीका ९ जना कृषकहरुलाई प्रयोगात्मक रुपमा बागवानी तालिम दिएको हो । बैशाख ४ गते सुरुवात भएको सो चारदिने तालिममा तरकारी तथा फलफूल उत्पादनका तौरतरिका, त्यसमा लाग्ने रोगहरुको पहिचान, निदान र अन्य पाटोहरुबारे सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । माडी नगरपालिका वडा नं. ९ का कषकहरुको सहभागितामा सञ्चालित सो तालिम पूर्णरुपमा कृषकको खेतमै सञ्चालन भएको थियो । तालिमको प्रशिक्षकका रुपमा चेष्टर यु.के.का केली र आना नामका विदेशी प्राविधिकहरु रहेको लिभिङ विथ टाइगर्स परियोजनाका प्रतिनिधी एकराज भण्डारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

कार्यक्रमको समापन समारोहमा लिभिङ विथ टाइगर्स परियोजनाका अधिकारीहरुसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी र सचिव लीलाधर भण्डारी लगायतको आतिथ्यता रहेको थियो । (सांकेतिक फोटो)

SwadeshPost