माडी गोल्डकप फुटबलमा रामपुर फुटबल क्लब सेमीफाइनल प्रवेश

354
SwadeshPost

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत आज सोमबार सम्पन्न एकमात्र खेलमा रामपुर फुटबल क्लब (आर.एफ.सी. ) विजयी भई सेमीफाइनल प्रवेश गरेको छ । आर.एफ.सी.ले हेटौडा फुटबल क्लबलाई ३-२ गोलअन्तरबाट पराजित गरेको हो । खेलको म्यान अफ द म्याच आर.एफ.सी.का अनिल रानामगर घोषित हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोलि मंगलबार एभरेष्ट क्लब भरतपुर र नयाँ बस्ती फुटबल क्लबबिच क्वार्टर फाइनल चरणको चौथो खेल हुनेछ । बसन्तपुर युनाइटेड क्लबद्वारा आयोजित सो प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।

SwadeshPost