सोमेश्वर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा कृष्णराज शर्मा

403
SwadeshPost

सोमेश्वर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा कृष्णराज शर्मा चयन हुनुभएको छ । त्यसैगरी, माध्यमिक तह इञ्चार्जमा श्री गणेश बहादुर क्षेत्री, निम्न माध्यमिक विद्यालय ईञ्चार्जमा ध्रुव बराल र प्राथमिक तह ईञ्चार्जमा नारायण पाण्डे चयन हुनुभएको छ ।

विद्यालयको शिक्षक स्टाफको बैठकबाट उहाँहरुको पद चयन भएको विद्यालयका शिक्षक समेत रहनुभएक नेपाल शिक्षक महासंघ माडीका अध्यक्ष चन्द्रमणी महतोले जानकारी दिनुभयो । शिक्षक स्टाफ बैठकले चयन गरेपनि सो पदीय जिम्मेवारीहरुलाई विद्यालय व्यवस्थापन समितिको बैठकले अनुमोदन गर्न भने बाँकी रहेको छ ।

SwadeshPost