नगरपालिकाको ट्याक्टरका कारण अप्ठ्यारो परेको ट्याक्टर व्यवसायीको गुनासो

255
SwadeshPost

माडी नगरपालिकाको ट्याक्टरहरुले गिट्टी, बालुवा तथा निर्माण सामग्रीहरु बोक्दा आफूहरुलाई अप्ठ्यारो परेको माडीका ट्याक्टर व्यवसायीहरुले गुनासो गरेका छन् ।

आज माडी नगरपालिका वडा नं. २ मा गिट्टी बालुवा लोड गरेका ट्याक्टरहरुलाई रोकेर सो वडाका ट्याक्टर व्यवसायीहरुले माडी नगरपालिकाको ध्यानाकर्षण गराएका थए । लाखौंको लगानी तथा बैंकको चर्को व्याजमा ट्याक्टर किनेर आफूहरु स्वरोजगार हुन खोजेको तर गाउँघरमा हुने निर्माणकार्यमा माडी नगरपालिकाले आफ्नै ट्याक्टरहरु मात्रै प्रयोग गरेकाले ट्याक्टछर व्यवसाय नै धरापमा परेको व्यवसायीहरुको गुनासो रहेको थियो ।

काम गरिरहेको ट्याक्टर रोकिएसंगै ट्याक्टर व्यवसायी र नगर प्रमुख ठाकुर प्रसाद ढकालको बैठकबाट कतिपय परियोजनाहरुमा व्यवसायीहरुलाई समेत काममा लगाउने सहमती बनेको छ । काम गरिरहेको नगरपालिकाको ट्याक्टर रोक्नु अगाडि व्यवसायीहरुले नगरपालिकासंग समन्वय गरेको भए राम्रो हुने नगरप्रमुख ढकालको सुझाव रहेको जनाइएको छ ।

SwadeshPost