बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले

320
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् ।

गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद राहत उपलब्ध गराउन गाह्रो हुने भन्दै कोष तथा लेखा नियन्त्रणको कार्यालयको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जले पीडित कृषकहरुलाई बैंक खाता खोल्न लगाएको थियो । माडी क्षेत्रमा रहेको चारवटै मध्यवर्ती उपभोक्ता समितिका सेवा क्षेत्रमा गरी करीब ७०० जना कृषकहरुको बालीनालीमा जंगली जनावरहरुबाट क्षती पुगेको थियो । बैंक खाता नम्बर र चेकको फोटोकपी उपलब्ध गराएमात्रै राहत उपलब्ध गराउने बाध्यात्मक व्यवस्था गरिएकाले बन्यजन्तु पीडित कृषकहरुलाई थप हैरानी भएको हो । बैशाख १५ सम्म बैंक खाता खोल्नुपर्ने म्याद रहेको थियो ।

यसैबिच, कृषकहरुले दाबी पेश गरेको रकमको पूर्ण क्षतीपूर्ती भने भएका छन् । निकुञ्जमा पेश गरिएको कागजात अध्ययन गरी निकुञ्ज कार्यालयले त्यसको करीब आधाजसो मात्र राहत रकम दिने निर्णय गरेको हो । निकुञ्जका जनावरबाट हताहती भएकाको परिवारले तथा घाइतेहरु एवं घरगोठमा क्षती व्यहोरेकाहरुलाई भने यसअघि नै चेकमार्फत राहत वितरण भइसकेको जनाइएको छ ।

SwadeshPost