माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवालाई

257
SwadeshPost

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवाले उचालेको छ । आज आइतबार साँझपख सकिएको फाइनल खेलमा स्टार स्पोर्टस् क्लब, बरुवाले ३-१ गोेलअन्तरसहित ठोरी स्पोर्टस क्लब, ठोरीलाई पराजित गरी उपाधी जितेको हो ।

जितसंगै स्टार स्पोर्टस्ले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य ठोरी स्पोर्ट्स क्लबले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता अन्तरगत बेष्ट डिफेन्स ठोरी स्पोर्टस्का अनिल पटेल, बेष्ट किपर स्टार स्पोर्टस्का अनिल महतो, बेष्ट मिडफिल्ड स्टार स्पोर्टस्का बर्सात गुरुङ, सर्बाधिक गोलकर्ता ठोरी स्पोर्टस्का कृष्ण शाक्य, म्यान अफ द सिरिज स्टार स्पोर्टस्का नितीन थापामगर, बेष्ट फरवार्ड स्टार स्पोर्टस्का विश्वास श्रेष्ठ र इमर्जिङ प्लेयरका रुपमा बसन्तपुर युनाइटेड क्लबका रञ्जित क्षेत्री घोषित हुनुभयो । त्यसैगरी बेष्ट कोचका रुपमा ठोरी स्पोर्टस्का प्रशिक्षक ज्योति क्षेत्री पुरस्कृत हुनुभयो भने फेयर प्ले टिमको उपाधी हेटौंडा एकेडेमीले प्राप्त गरेको छ ।

आजको फाइनल खेल माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल एवं ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठले संयुक्त रुपमा अवलोकन गर्नुभएको थियो । बसन्तपुर युनाइटेड क्लब, बसन्तपुरद्वारा सञ्चालित सो प्रतियोगिता अन्तरगत माडीको खेलकूद विकासमा महत्वपूर्ण योगदान गर्नुभएका युवा, खेलकूद तथा साँस्कृतिक समिति माडी नगरपालिकाका पूर्व अध्यक्ष हिमकान्त (हरि) भुसाललाई सम्मानित पनि गरिएको थियो ।

SwadeshPost