देश-प्रदेश खबर पोष्ट

सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको भेटियो

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीस्थित सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको पाइएको छ ।

गत रामनवमीमा मेला आयोजनाको क्रममा सो मन्दिरमा रङ्गरोगन गरी सोमेश्वर कालिका मन्दिर, माडी नगरपालिका, चितवन, ३ नं. प्रदेश, नेपाल लेखिएकोमा हाल मन्दिरको नामबाहेक अन्य भित्तेलेखनमा रातो रङ्ग पोतेर मेटिएको देखिएको हो । नेपालको ठेगाना जनाउने शव्दहरुसंगै मनोज आर्टस्, बसन्तपुर लेखिएको पेन्टरको लोगोसाइनमा समेत रातो पोतिएको छ । सो भित्तेलेखन कसले मेटाएको भन्ने नखुलेपनि भारतीय पक्षले मेटेको आशंका गरिएको छ ।

नेपाल भारत सीमावर्ती क्षेत्रमा अवस्थित सो मन्दिर नेपाली पक्षले निर्माण गरेको हो । परापूर्व कालमा नेपालका थारु समुदाय र पछिल्लो समयमा नेपाली पुजारीबाटै पूजाआजा हुँदै आएको सोमेश्वर कालिका मन्दिरको संरक्षण र विकासमा समेत नेपालको लगानी रहँदै आएको छ । नेपालका ऐतिहासिक लिखत र कागजातहरुमा सोमेश्वरगढीभन्दा पारीपट्टी निकै तलसम्म नेपाली भूमी नै रहेको देखिएपनि पानीढलोको सिद्धान्तका आधारमा दुई देशबिच सीमा निर्धारण गरिएसंगै भारतीय पक्षले सोमेश्वरगढी क्षेत्रलाई सीमावर्ती ईलाकाको रुपमा पहिचान गरी नयाँ संरचनाहरु बनाउन अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार