रीउ नदीको बहुआयामिक नियन्त्रणका ५० करोडको कार्यक्रम पेश

259
SwadeshPost

माडीको रीउ नदीको बहुआयामिक नियन्त्रणका लागि प्रदेश नं. ३ सरकार समक्ष ५० करोड रुपैंयाको कार्यक्रम पेश हुने भएको छ ।

रीउ नदीको नियन्त्रण, जंगली जनावरहरुबाट जनधनको संरक्षण र माडी नगरपालिकाको रिङरोड निर्माणका लागि सो योजना छनौट भई प्रदेश सरकारको नीति तथा योजना आयोगमा पठाइने भएको हो । यो संगै माडी नगरपालिका वडा नं. २ र ४ को सिम्रहनी जोड्ने चितही खोलामा पुल निर्माणका लागि २ करोड, माडी नगरपालिका वडा नंं २ र ३ बिच बैराठमा मगोई नदीमा पुल निर्माणका लागि ५ करोड र माडी-६, स्याउलीबासमा डिप बोरिङ निर्माणका लागि १ करोडको कार्यक्रम समेत छनौटमा परेका छन् ।

प्रदेश नं. ३ (ख)का प्रत्यक्ष निर्वाचित साँसद रामलाल महतोको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारलाई सिफारिस गर्न शिलिङ प्राप्त ८० करोडका बिभिन्न योजनाहरु छनौट गरेको हो । ८० करोडमध्ये ५८ करोडका योजनाहरु माडीमा सञ्चालित हुनेगरी सिफारिस हुने भएको छ । सिफारिसमा परेका योजनाहरु प्रदेश सरकारले निर्णय गरेपश्चात आउँदो आर्थिक बर्ष २०७६/७७ मा कार्यान्वयमा आउनेछन् ।

SwadeshPost