माडीको सिमरा गाँउमा खानेपानी तथा सरसफाई परियोजना संचालनमा

106
SwadeshPost

जर्मन दुतावासको सहयोगमा वाइन टु वाटर नेपालले माडीको सिमरा गाँउमा खानेपानी तथा सरसफाई परियोजना संचालन सुरु गरेको छ । जर्मन दुतावासको मुख्य लगानीका अतिरिक्त माडी नगरपालिका र स्थानीय समुदायको लागत सहभागितामा सौर्यउर्जामा आधारित अत्याधुनिक प्रकृतिको खानेपानी परियोजना निर्माण जारी रहेको हो ।

करीब ४५ लाख रुपैंया लागत रहेको सो परियोजना अन्तरगत हालसम्म सिमराको नयाँ विद्यालय भवनको क्षेत्रमा ३५ फिट गहिराईको बोरिङ्ग निर्माण र पाइप लाइन वितरणको खाडल खन्ने काम पुरा भइसकेको छ । परियोजना सम्पन्न गर्न स्थानीय थारु महिलाहरुबाट ९ सदस्यीय सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन भएको छ, जसको अध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः कुजिया पावे, सरिता कुमारी महतो र सोमरिया पावे रहनुभएको छ ।

खानेपानी परियोजना अन्तरगत सिमरा गाउँमा ३ वटा सार्वजनिक धारा र ९० घरमा मिटरयुक्त धारा जडान गरिने र आर.ओ. तथा यु.भी. प्रणालीबाट प्रशोधित शुद्ध प्रशोधित पानी वितरण हुने वाइन टु वाटर नेपालका फिल्ड स्टाफ अभिषेक बस्नेतले जनाउनुभयो । सो परियोजनाको सुरुवाती निर्माण कार्य पुरा गर्न १५ जना अमेरिकी र १ जना कोलम्बियन स्वयम्सेवकहरु र स्थानीय उपभोक्ताहरुले सक्रिय सहभागितापूर्वक भौतिक श्रम गरेका थिए ।

SwadeshPost