माडीमा मन्टेश्वरी तालिम सन्चालन सुरु

182
SwadeshPost

माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रमा सञ्चालनमा रहेका सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई मन्टेश्वरी तालिम सन्चालन सुरु भएको छ ।

साविक गर्दी र वघौंडा क्षेत्रका सहयोगी कार्यकर्ताहरुलाई माडी माध्यमिक विद्यालय, बसन्तपुरमा तालिम सञ्चालन भइरहेको छ भने साविक कल्याणपुर तथा अयोध्यापुरी क्षेत्रका सहयोगी कार्यकर्ताहरुलाई जनजीवन माध्यमिक विद्यालय खरकट्टामा तालिम सञ्चालन भएको छ । बसन्तपुरमा सि.टि.एस. नेपाल चितवनमा शाखा प्रवन्धक जनकराज पराजुलीले ३२ जना सहभागीहरुलाई तथा खरकट्टामा मित्र अधिकारीले ३४ जना सहयोगी कार्यकर्ताहरुलाई सहजिकरण गर्नुभएको हो । आज बिहिबारबाट सुरु भएको तालिम ज्येष्ठ ८ गतेसम्म ७ दिन सन्चालन हुने बताइएको छ ।

तालिम सुरुवात हुनुपूर्व माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिहिबार एक औपचारिक कार्यक्रमबिच तालिमको उद्घाटन गरिएको थियो । माडी नगरपालिका वडा न ८ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरप्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत हरिदत्त कँडेल, नेपाल शिक्षक महासंघ माडीका अध्यक्ष चन्द्रमणी महतो लगायतको आतिथ्यता रहेको थियो ।

SwadeshPost