माडीको शिवद्वारमा सञ्चालित प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

106
SwadeshPost

माडीको शिवद्वारमा सञ्चालित आधारभूत प्राथमिक उपचार सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । तराई भू-परिधि कार्यक्रम (ताल) र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको आयोजनामा सञ्चालित सो तालिममा माडीका समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समिति, आर.आर.टी र प्रकोप नियन्त्रण समूहका २३ जनाको सहभागीहरुको सुहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका उपसभापति बिदुर के.सी. र रेडक्रसकर्मीहरु रुद्र अधिकारी, शारदा अधिकारी र रामकृष्ण अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।

तालिमको अन्तिम दिन आज मंगलबार लिइएको परीक्षामा गोबिन्द न्यौपाने प्रथम र सुमन शर्मा बराल दोश्रो हुनुभयो । तालिममा वन्यजनावरहरुको आकस्मिक आक्रमणको समयमा हुनसक्ने हताहती न्यूनिकरणका लागि तत्काल आवश्यक हुने आधारभूत प्राथमिक उपचार विधि सिकाइएको ताल परियोजनाका फिल्ड प्रतिनिधी युवराज घतानेले जनाउनुभयो । तालिम कार्यक्रम अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

SwadeshPost