माडीमा अण्डर १७ जुनियर कप नकआउट फुटबल प्रतियोगिता सुरु

27
SwadeshPost

बसन्तपुर युनाइटेड क्लबद्वारा माडी स्तरीय १७ बर्षभन्दा कम उमेरको (अण्डर १७) जुनियर कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

मंगलबारको उद्घाटन खेलमा आयोजक बसन्तपुर युनाइटेड क्लब ए र सोमेश्वर युथ क्लब, सिधुवा भिँडेकोमा ४-० गोलअन्तरसहित बसन्तपुर विजयी भएको छ । बसन्तपुरका लागि विबेक अर्याल, शिरिष सुनार, राहुल गुरुङ्ग र बिज्ञान खड्काले १-१ गोल गर्नुभएको हो । खेलको म्यान अफ द म्याच आयोजक क्लबका बिज्ञान खड्का घोषित हुनुभयो ।

प्रतियोगिताको दोश्रो दिन, आज (बुधबार) बिहान ८ बजे ग्रिन पिस क्लब र बसन्तपुर युनाइटेड बी तथा जनकल्याण तमु समाज र माडी-९ बिच दिउँसो ४ः३० देखि हुनेछ । खेलको प्रथम र दोश्रो पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्रका साथमा क्रमशः नगद रु १० हजार र ५ हजार रहेको छ ।

Mahindra