सोमेश्वर मा. वि भूतपूर्व विद्यार्थी संगठनले विद्यालयमा स्मार्ट स्टेज बनाउने

385
SwadeshPost

सोमेश्वर माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी संगठनले विद्यालयमा स्मार्ट स्टेज बनाउने लक्ष्यसहित आर्थिक श्रोत जुटाउने अभियान थालेको छ ।

विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संगठनले सोमेश्वर माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन लक्ष्य सहित बहुआयामिक स्मार्ट स्टेज निर्माणका लागि सहयोग संकलन सुरुवात गरेको भूतपूर्व विद्यार्थी संगठनका अध्यक्ष रबिन्द्र सिंह ठकुरीले बताउनुभयो । अभियानको सुरुवातमा अफगानिस्थानमा रहनुभएका हुम बहादुर थापाले २० हजार, कतारमा रहनुभएका रामकृष्ण बास्तोलाले ५ हजार र कतारमै रहनुभएका चोलाकान्त पंगेनीले पनि ५ हजार सहयोगस्वरुप प्रदान गर्नुभएको जनाइएको छ ।

यसअघि, विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउन ठकुरीको संयोजकत्वमा ९ सदस्यीय कार्य समति गठन भएको थियो । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हिरा सापकोटा, टिकाराम सुबेदी र कृष्ण प्रसाद पौडेल रहनुभएको छ भने सदस्यहरुमा अर्जुन पाठक, मनबहादुर बि.क., सुर्य अधिकारी, संजय क्षेत्री र बिष्णु सुबेदी रहनु भएको छ ।

SwadeshPost