माडीमा मधुमेह भएका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

218
SwadeshPost

माडीको बसन्तपुरमा शुक्रबार मधुमेह भएका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । भरतपुर आँखा अस्पताल, माडी आँखा उपचार केन्द्र बसन्तपुर र माडी नगरपालिकाको संयुक्त आयोजनामा मधुमेह र उच्च रक्तचाप भई औषधि सेवन गरिरहेका बिरामीहरुको आँखाको रेटिना जाँच शिविर सञ्चालन हुन लागेको हो ।

माडीको बसन्तपुर गाउँस्थित माडी आँखा उपचार केन्द्रमा बिहान ७ देखि ११ बजेसम्म शिविर सञ्चालन गरिने भरतपुर आँखा अस्पतालका प्रशासक दया शंकर चौधरीले जानकारी दिनुभयो । शिविरमा सहभागी भई सेवा लिन मधुमेह र उच्च रक्तचापको समस्या भएका बिरामीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

SwadeshPost