अन्डर १७ जुनियर कपः शुक्रबार तीन खेलहरु सम्पन्न

151
SwadeshPost

बसन्तपुर युनाइटेड क्लबद्वारा सञ्चालित माडी स्तरीय अन्डर १७ जुनियर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार तीनवटा खेलहरु सञ्चालन भएका छन् ।

शुक्रबारको पहिलो खेलमा योंगस्टार फुटबल क्लबले माडी न.पा. ४ लाई ३–० गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच योङ्गस्टार क्लबका राहुल बोट घोषित हुनु भयो । यसैगरी दोस्रो खेलमा चैनपुर फुटबल क्लब (सि.एफ.सी. ले २–१ गोरअन्तरसहित जनआस्था युवा क्लबलाई पराजित गरेको छ ।

सो खेलको म्यान अफ द म्याच सि.एफ.सि.का विवेक महतो घोषित हुनु भयो । तेस्रो खेल स्टार स्पोर्टस् क्लब र गौरीशखंर युवा क्लबबिच सञ्चालन भएकोमा २–० गोलअन्तरसहित गौरीशंकर विजयी भएको छ । खेलको म्यान अफ द म्याच गौरीशंकरका कुमार मगर घोषित हुनुभयो ।

SwadeshPost