आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

खेल र खेलाडी पोष्ट

माडी स्तरीय अन्डर सेभेन्टिन कपः अयोध्यापुरी, बाँदरझुला, चैनपुर र बसन्तपुर युनाइटेड बिजयी

Under Seventeen Cup 2076
  • A
  • A+
  • A++

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा माडीको बसन्तपुरमा जारी माडी स्तरीय अन्डर १७ जुनियर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार ४ वटा खेलहरु सम्पन्न भएको छ ।

विज्ञापन १

शनिबारको पहिलो खेल माडी नगरपालिका वडा नं. ९ र ए.एफ.सी. अयोध्यापुरीबिच भएकोमा १-० गोलअन्तरसहित ए.एफ.सी. विजयी भएको छ । खेलका म्यान अफ द म्याच विजेता टोलीका अमिश खत्री घोषित हुनुभयो । यसैगरी दोस्रो खेलमा १-० गोल अन्तरले ग्रिनपिस फुटबल क्लबलाइ पराजित गरी युवा दर्शन बाँदरझुला बिजयी भएको छ । सो खेलका म्यान अफ द म्याच युवा दर्शन बाँदरझुलाका आशिष कुमार बल घोषित हुनुभयो ।

विज्ञापन २

तेस्रो खेलमा योङ्गस्टार फुटबल क्लबलाई ३-१ गोल अन्तरबाट पराजित गरी सि.एफ.सी. चैनपुर बिजयी भएको छ । खेलको म्यान अफ द म्याच सि.एफ.सी. चैनपुरका सुजन बिष्ट घोषित हुनुभयो । त्यस्तै चौथो खेलमा बसन्तपुर युनाइटेड क्लब ए र रेवा क्लब धोबाहा भिँडेकोमा ३-० गोलअन्तरसहित आयोजक बसन्तपुर युनाइटेड विजयी भयो । खेलको म्यान अफ द म्याच बसन्तपुरका लागि ह्याट्रिक गर्न सफल बिज्ञान खड्का हुनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया