माडीमा ट्रयाक्टरको ठक्करबाट दुईजना घाइते

102
SwadeshPost

माडीको बसन्तपुरमा ट्रयाक्टरको ठक्करमा परी मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । साेमबार माडी क्यापस रोडबाट बसन्तपुर बजारतर्फ आउँदै गरेको तीब्र गतिमा रहेको ना. ७ त. २४१५ नम्बरको ट्रयाक्टरले बसन्तपुर बजारस्थित झिलिमिली मार्केट अगाडी ना. ५५ प. ८०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक माडी नगरपालिका ५, ब्रह्मपु्री बस्ने गणेश घताने र मोटरसाइकल पछाडी सवार बिनोद पौडेल घाइते हुनुभएको छ । घाइतेलाइ बसन्तपुरमा प्रथामिक उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ । ठक्कर दिएको ट्रयाक्टर र त्यसका चालक प्रमोद भण्डारीलाई ईलाका प्रहरी कार्यालय, माडीले नियन्त्रणमा लिएको छ ।

SwadeshPost