माडी नगरपालिका २ को वडास्तरीय योजना तर्जुमा भेला सम्पन्न

374
SwadeshPost

माडी नगरपालिका वडा नं. २ वडा कार्यालयले आगामी आर्थिक बर्षमा गरिने योजना तथा कार्यक्रमहरुहरु छनौट गरेको छ । आज साेमबार सम्पन्न वडा नं. २ को वडास्तरीय योजना तर्जुमा भेलाबाट नमुना विद्यालय बनाउन १५ लाख, एक सहकारी एक उद्यम कार्यक्रम अन्तरगत दुग्ध प्रशोधन केन्द्रलाई १० लाख, बाटो कालोपत्रे गर्नका लागि २० लाख र सडक स्तरोन्नति एवं कालोपत्रेका लागि १८ लाख रुपैंया छुट्याइएको हो ।

त्यसैगरी खानेपानी, शौचालय, मठमन्दिर, गुम्बा आदि निर्माणका लागि २५ लाख, खेलकूद, स्वास्थ्य बीमा, सामाजिक संघसंस्था, दलित महिला अपांग लगायतका शीर्षकमा २५ लाख र कृषि क्षेत्रको विकासका लागि १२ लाख रुपैंया विनियोजन गर्ने निर्णय भएको वडाध्यक्ष ईश्वरी प्रसाल ढकालले जनाउनुभयो ।

वडाध्यक्ष ढकालको अध्यक्षतामा जीवनपुर आधारभूत विद्यालयमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल सहभागी रहनुभएको थियो । कार्यक्रममा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासु र स्थानीय सामाजिक अगुवाहरु शिव नारायण गुरौ, राम अवतार महतो, विश्वमती महतो, केदार प्रसाद अधिकारी र नारायण अधिकारीसंगै नेकपा माडीका नेता नारदमणी पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा भित्रका टोल सुधार समितिका पदाधिकारीहरु एवं वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

SwadeshPost