अन्डर सेभेन्टिन जुनियर कपको उपाधी आयोजक बसन्तपुर युनाइटेड क्लबलाइ

450
SwadeshPost

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालित माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक बसन्तपुर युनाइटेड क्लबले उचालेको छ ।

आज मंगलबार सम्पन्न फाइलन खेलमा ए.एफ.सी. अयोध्यापुरीलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गरी बसन्तपुरले उपाधी चुमेको हो । प्रतियोगिताको बेष्ट गोलकिपर बसन्तपुरका रञ्जित अर्याल, सर्बाधिक गोलकर्ता बसन्तपुरकै पदम नेपाली र बेष्ट डिफेन्स अयोध्यापुरीका बासुदेव गायक घोषित हुनुभयो । त्यस्तै बेष्ट मिडफिल्ड बसन्तपुरका गोपाल प्रसाद पौडेल, प्लेयर अफ द टुर्नामेन्ट बसन्तपुरकै बिज्ञान खड्का, इमर्जिङ प्लेयर बसन्तपुरका विशाल लामिछाने र बेष्ट फरवार्ड अयोध्यापुरीका अमिश खत्री घोषित हुनुभयो ।

जीतसंगै बसन्तपुरले नगद रु १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको अयोध्यापुरीले नगद ५ हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोली र खेलाडीहरुलाई प्रमुख अतिथिका रुपमा माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोले पुरस्कृत गर्नुभएको थियो ।

SwadeshPost