हावाहुरीको प्रभावस्वरुप माडीसंगै जिल्लाभर केहिबेर बिद्युत अवरुद्ध

234
SwadeshPost

पश्चिमी चितवन क्षेत्रमा ठूलो हावाहुरी चलेको प्रभावस्वरुप माडी क्षेत्रमा आज बिहिबार साँझभर बिद्युत अवरुद्ध रह्यो । हावाहुरीका कारण जगतपुर क्षेत्रमा रुख र पोलहरुमा क्षती पुग्दा माडीको बिजुली अवरुद्ध हुन पुगेका थियो । दिउँसो करीब ४ बजेदेखि अवरुद्ध बिजुली साँझ ७ बजेबाट सुचारु भएको छ । माडीसंगै पश्चिमी चितवन क्षेत्रमा समेत विद्युत अवरुद्ध रहेको थियो ।

पश्चिम चितवनको चनौलीबाट ३३ के.भी. प्रसारण लाइनमार्फत चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी उपत्यकामा बिजुली पुग्ने गरेको छ । सो हाइटेन्सन लाइनको पश्चिमी चितवन सेक्टरमा हावाहुरीका कारण रुखहरु ढल्दा क्षती पुगेको नेपाल विद्युत प्राधिकरण माडी सेवा केन्द्र प्रमुख आनन्द कुँवरले जानकारी दिनुभयो ।

SwadeshPost