आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

स्वदेशपोष्ट विशेष

माडीमा सडकको स्तरोन्नति र ग्राभेलिङ गर्ने काम तीब्र

  • A
  • A+
  • A++

रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडकको स्तरोन्नति र ग्राभेलिङ गर्ने काम तीब्र बनाएको छ ।

विज्ञापन १

हाल बसन्तपुरबाट पूर्वतर्फ देबेन्द्रपुर बजारसम्म खाल्डाखुल्डी पुर्ने, भत्किएको पिच फोर्ने र ग्राभेलिङको काम तीब्र पारिएको हो । जारी जेष्ठ महिनाभित्र मात्र खोलाबाट गिट्टी ढुंगा निकाल्न पाइने भएकाले हाल तीब्र गतिमा काम अगाडि बढाइएको आशिष निर्माण सेवा अन्तरगतको भरतपुर माडी ठोरी हुलाकी बाटोका कन्ट्रयाक्ट म्यानेजर रोहित भट्टराईको भनाई छ ।

विज्ञापन २

कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको अभाव देखाउँदै ठेकदार पक्षले कालोपत्रेको काम स्थगित गरेकोमा अहिले काम सुचारु गरेको हो । सडकको स्ट्रक्चर अन्तरगत नाला कल्भर्ट, टेवा पर्खाल, ह्युमपाइप र ढुंगाको ग्याबिन जाली निर्माणका कामहरु भने यसअघि नै लगभग सकिएको छ । करीब ७ मिटर चौडाई रहने कालोपत्रे बाटोको दुबै छेउमा नाला सहित १० मिटर चौडाई कायम रहने जनाइएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया