आउँदो आ.व का लागि माडी–३ का नीतिगत योजना तथा कार्यक्रहरु तय

479
SwadeshPost

आउँदो आर्थिक बर्षका लागि माडी नगरपालिका वडा नं. ३ ले नीतिगत योजना तथा कार्यक्रहरु तय गरेको छ । वडाध्यक्ष पुरन महतोको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सम्पन्न वडास्तरीय योजना तर्जुमा भेलाबाट १ करोड १० लाख रुपैंया बजेटका विभिन्न योजना तथा कार्यक्रमहरु शंष्लेषित गरेका हुन् ।

कुल बजेट सिलिङ रकमबाट वडामा शिक्षा, स्वास्थ्य, भौतिक निमार्ण कार्य, विपद जोखिम न्युनिकरण र आयमुलक क्षेत्रमा खर्च गर्नेगरी नीतिगत योजनाहरु तय गरिएका हुन् । शीर्षकगत रुपमा बजेटको विभाजन कार्य भने वडा समितिको बैठकले टुङ्गो लगाइने वडा कार्यालयले जनाएको छ ।

SwadeshPost