शनि जयन्तीको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा पशुपति शर्माकाे दर्जनबढी प्रस्तुती

219
SwadeshPost

शनि जयन्तीको अवसरमा मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । माडीको धार्मिक पर्यटन प्रवद्र्धनका लागि हाम्रो अभियान भन्ने नारासहित दक्षिण सोमेश्वर कालिका धार्मिक समितिको आयोजनामा सञ्चालित सो कार्यक्रममा चर्चित लोकदाहोरी गायक पशुपति शर्माले दर्जनबढी गीतसंगित एवं दोहोरी प्रस्तुत गर्नुभएको थियो ।

शनि जयन्ती विशेष साँस्कृतिक कार्यक्रम आयोजक समितिका संयोजक युवा पण्डित सुदर्शन सुवेदीको अध्यक्षतामा सन्चालित सो कार्यक्रमको उद्घाटन सत्रमा माडी नगरपालिकाकी उप-प्रमुख ताराकुमारी काजी महतो प्रमुख अथिति तथा वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा लोकगायक पशुपति शर्माको उत्कृष्ट प्रस्तुतीका अलावा पण्डित सुवेदीद्वारा शनि देवको महिमा प्रवचन, माडी स्तरीय भजन प्रतियोगिता र कार्यक्रम परीसरमा मेला समेत सञ्चालन भएको थियो ।

कार्यक्रमको सन्दर्भमा सञ्चालित भजन प्रतियोगितामा हरिनगर भजन समुह कल्याणपुर प्रथम, सिर्जनशिल भजन समुह भरतपुर दोश्रो, सोमेश्वर भजन समुह ए तेश्रो र सोमेश्वर भजन समुह बि ले चौथो वा सान्तवना स्थान हासिल गरेको थियो । माडीसंगै विभिन्न ठाउँबाट आएका हजारौं भक्तजनहरुको सहभागिता रहेको सो कार्यक्रमको आधिकारिक मिडियाका रुपमा स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रसारण गरेको थियो ।

SwadeshPost