माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात

342
SwadeshPost

विश्व वातावरण दिवसको सन्दर्भ पारी माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात गरिएको छ । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) तथा कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह लगायतले संयुक्त रुपमा बृक्षारोपण अभियान सञ्चालन गरेका हुन् ।

यसैबिच, विश्व वातावरण दिवसकै अवसर पारी आज मध्यपूर्वी माडीको खरकट्टा क्षेत्रमा ¥याली प्रदर्शन गरिएको छ । सामरी उत्थान सेवाद्वारा सञ्चालित सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक शसक्तिकरण परियोजनाको आयोजनामा -याली प्रदर्शन गरिएको हो । स्वच्छ वायु स्वस्थ जीवन भन्ने नारासहित विश्व वातावरण दिवश मनाइएको परियोजना कार्यालयले जनाएको छ ।

SwadeshPost