माडीकाे बाँदरमुढे घटना भएको आज १४ वर्ष पुरा

126
SwadeshPost

बाँदरमुढे घटना भएको आज १४ वर्ष पुगेको छ । माडी नगरपालिका वडा नं. ६ (साविक कल्याणपुर गा.वि.स.) मा रहेको बाँदरमुढे खोलामा तात्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । माडीको बगहीँबाट भरतपुरका लागि छुटेको ना. १ ख. ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान बाँदरमुढे खोलामा विद्युतिय धरापमा परेको थियो । घटनाको स्मृतिमा हरेक बर्ष बाँदरमुढे घटना पीडित समितिले शोकसभा गर्ने गरेको छ ।

यसबिच, संघ तथा प्रदेशसभा निर्वाचनअघि तात्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितहरुको एक समुहले सम्झौता गरेका छन् । तीनबुँदे सो सहमतीमा मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको औषधी उपचारसँगै काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । त्यसैगरी घटनास्थलको १० बिगाहा क्षेत्रमा स्मारक र नमूना संग्रहालयसहित चिडिया घर निर्माण गरी पर्यटकीयस्थल बनाउने सम्झौतामा भनिएको छ । सम्झौता पश्चाच माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा समस्या समाधान समिति गठन भई सम्झौता कार्यान्वयन प्रक्रिया थालिएको छ ।

SwadeshPost