माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरु

365
SwadeshPost

माडीको बसन्तपुरमा माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सञ्चालन सुरु भएको छ । माडी नगरपालिका र नगर खेलकुद विकास समितिले माडीभरका विद्यालयहरुमा अध्ययनरत १८ बर्ष मुनीका विद्यार्थी खेलाडीहरुको सहभागिता रहने सो प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा २८ बिधाका खेलहरुमा प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका अध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत आज १०० मिटर दौडमा छात्रतर्फ सोमेश्वर मा.वि. प्रथम, कृष्णनगर मा.वि. दोश्रो र माडी माध्यमिक विद्यालय तेश्रो भएका छन् । छात्रातर्फ भने माडी मा.वि. प्रथम, सोमेश्वर मा.वि. दोश्रो र कृष्णनगर मा.वि. तेश्रो भएका छन् । त्यसैगरी ज्याभलिन थ्रो खेल अन्तरगत छात्रतर्फ जनजीवन मा.वि.का प्रताप प्रजाले प्रथम, जनकल्याण मा.वि.का दिनेश पाण्डेले दोश्रो र कृष्णनगर मा.वि.का विशाल बोटले तेश्रो स्थान हासिल गर्नुभएको छ । त्यस्तै, छात्रातर्फ कृष्णनगर मा.वि.का सुनिता गुरुङ प्रथम, जनकल्याण मा.वि.का सबिना के.सी. दोश्रो र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाका सलिना महतोले तेश्रो स्थान हासिल गर्नुभयो ।

प्रतियोगिता अन्तरगत सटपुट खेलमा छात्रतर्फ जनकल्याण मा.वि.का ललित राउत पहिलो, माडी मा.वि.का सद्रे आलम दोश्रो र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाका सक्षम बरालले तेश्रो स्थान हासिल गर्नुभयो । सटपुटमा छात्रातर्फ जनकल्याण मा.वि.का संगम भुसाल प्रथम, दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाका सदिक्षा काफ्ले दोश्रो र कृष्णनगर मा.वि.का सुनिता गुरुङले तेश्रो स्थान हासिल गर्नुभयो ।

त्यसैगरी ४ इन्टु १०० मिटर रिले दौडमा छात्रतर्फ माडी मा.वि. प्रथम, जनकल्याण मा.वि. दोश्रो र सोमेश्वर मा.वि. तेश्रो हुन सफल रहेका छन् भने छात्रातर्फ दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा प्रथम, माडी मा.वि. दोश्रो र सोमेश्वर मा.वि. तेश्रो भएका छन् । १५०० मिटर दौडमा भने छात्रतर्फ माडी मा.वि.का सुरज सुवेदी प्रथम, सोमेश्वर मा.वि.का पदम नेपाली दोश्रो र जनजीवन मा.वि.का प्रताप प्रजा तेश्रो हुनुभयो । त्यस्तै १५०० मिटर दौडमा छात्रातर्फ खैरहनी मा.वि.का आरती महतो प्रथम, माडी मा.वि.का रेखा सहनी दोश्रो र सोमेश्वर मा.वि.का अश्मि बोट तेश्रो हुन सफल हुनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड खेलकूद अन्तरगत भोलि भलिबलका दोश्रो चरणका खेलहरुसंगै हाइजम्प, लङजम्प, मार्सल आर्टस् लगायतका खेलहरु सञ्चालन हुनेछन् ।

SwadeshPost