११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दोका खेलहरु सम्पन्न

181
SwadeshPost

माडीको बसन्तपुरमा सञ्चालित माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दोका खेलहरु बुधबार सकिएका छन् ।

तेक्वान्दो खेलमा महिलातर्फ ४२ के.जी. समूहमा पिसल्याण्ड अंग्रेजी विद्यालयका कृष्टिना क्षेत्री, ४४ के.जी. समूहमा खैरहनी माध्यमिक विद्यालयका दीक्षा महतो र ४६ के.जी. समूहमा कृष्णनगर माध्यमिक विद्यालयका सुनिता गुरु·ले स्वर्णपदक प्राप्त गर्नुभयो । त्यसैगरी पुरुषहरुतर्फ ४५ के.जी. समूहमा सञ्जित शाह, ४८ के.जी. समूहमा असिम महतो र ५१ के.जी. समूहमा बिजय (सोनु) सुनारले स्वर्णपदक जित्नुभयो ।

तेक्वान्दोका खेलहरु सकिएसंगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुरा भएको छ । माडी नगरपालिका र नगर खेलकुद विकास समितिले माडीभरका विद्यालयहरुमा अध्ययनरत १८ बर्ष मुनीका विद्यार्थी खेलाडीहरुको सहभागिता रहने सो प्रतियोगिता सञ्चालन गरेको थियो ।

SwadeshPost