चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक स्तराेन्नति कार्य जारी

355
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक मर्मत कार्य जारी रहेको छ ।

माडी नगरपालिकाका ६ वटै ट्रयाक्टरहरुसंगै नीजि क्षेत्रका निर्माण साधनहरुको प्रयोगबाट निकुञ्जको कसरा देखि बनकट्टा खण्डमा ग्राभेल खन्याउने र ग्रेडरले सम्याउने काम गरिरहेको हो । भोलि शुक्रबारबाट थप निर्माण साधन र गाडीहरुको प्रयोग गरी ग्राभेल बिछ्याउने र सम्याउने कार्यलाई तीब्रता दिइने सो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीको जनाउनुभयो ।

उता, बगहीँ अमुवा सडक खण्डमा समेत बाटो स्तरोन्नतिको काम सुरुवात हुन लागेको छ । जारी जेष्ठ महिनाभित्रै खोलाबाट ग्राभेल उत्खनन गर्न पाइने समयसीमा रहेकाले दुईवटै उपभोक्ता समितिहरुले अति तीब्रतामा काम गर्नु परेको बगहीँतर्फको समितिका अध्यक्ष मानबहादुर बिष्टको भनाई छ । दुईवटै समितिले ३०/३० लाख रुपैंया लागतको काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको भएपनि ग्राभेल उठाउन पाउने समयसीमा भने अत्यन्त न्यून मात्रै रहेको छ ।

गत जेष्ठ २६ गते योजना स्वीकृत भएकोमा २७ गते सम्झौता गरी २८ गतेबाट निर्माण सुरुवात भएको थियो । तर सडक मर्मत सुरुवात भएलगत्तै निकुञ्ज कार्यालयले अवरोध गरेपछि आज ३० गतेबाट निर्माणकार्य सुचारु हुन सकेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सडक स्तरोन्नतिका लागि विनियोजन गरेको ६० लाख रुपैंयाबाट बनकट्टा-कसरा खण्ड र बगहीँ-अमुवा खण्डमा सडक मर्मत कार्य भइरहेको हो । 

SwadeshPost